Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस


काठमाडौँ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन् ।

आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उनको भनाइ छ । वाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताए । पर्यटन क्षेत्र जेन जी आन्दोलनसँगै सुस्ताएको उनको भनाइ छ । उनकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् । तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताए । उनले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरु सचेत रहेको बताए । चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताएका छन् । उनले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग आग्रह गरेका छन्।

उनले भने, ‘हामीसँग हुने भनेको आन्तरिक पर्यटन मात्रै हो । वाह्य पर्यटकको तथ्यांक पर्यटन बोर्डले नै राख्छ । हामी कहाँ आउने कुरामा धेरै पर्यटकहरु आन्तरिक पर्यटक आइरहँदा दिनमा लगभग हाम्रा गाडीहरुले नेपालभरबाट सय जना जति पर्यटकहरु भित्र्याउँछन् । जेन जीको आन्दोलनपछि भन्दा यसलाई न्युन भएको अवस्था छ । देशको स्थिति छ, के हुन्छ भन्नेकुरा थाहा छैन । तिहारपछि ठूलै आन्दोलन हुन्छ भन्ने समाचारले गर्दा मान्छेहरु बाहिरबाट आउन रोकिएका छन् । बाटोहरुमा प्रहरीहरु देखिएका छैनन् । आन्दोलनका कारण उनीहरु तहसनहस भएका छन् । पहिलाको जस्तै ठाउँमा सुरक्षा छैन ।’

अध्यक्ष साईले यात्रुहरुसँग विगतकै भाडादरमा भाडा लिइरहेको बताए । यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?