Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस


काठमाडौँ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन् ।

आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उनको भनाइ छ । वाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताए । पर्यटन क्षेत्र जेन जी आन्दोलनसँगै सुस्ताएको उनको भनाइ छ । उनकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् । तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरु बाहिर ननिस्किएको बताए । उनले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरु सचेत रहेको बताए । चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताएका छन् । उनले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरुसँग आग्रह गरेका छन्।

उनले भने, ‘हामीसँग हुने भनेको आन्तरिक पर्यटन मात्रै हो । वाह्य पर्यटकको तथ्यांक पर्यटन बोर्डले नै राख्छ । हामी कहाँ आउने कुरामा धेरै पर्यटकहरु आन्तरिक पर्यटक आइरहँदा दिनमा लगभग हाम्रा गाडीहरुले नेपालभरबाट सय जना जति पर्यटकहरु भित्र्याउँछन् । जेन जीको आन्दोलनपछि भन्दा यसलाई न्युन भएको अवस्था छ । देशको स्थिति छ, के हुन्छ भन्नेकुरा थाहा छैन । तिहारपछि ठूलै आन्दोलन हुन्छ भन्ने समाचारले गर्दा मान्छेहरु बाहिरबाट आउन रोकिएका छन् । बाटोहरुमा प्रहरीहरु देखिएका छैनन् । आन्दोलनका कारण उनीहरु तहसनहस भएका छन् । पहिलाको जस्तै ठाउँमा सुरक्षा छैन ।’

अध्यक्ष साईले यात्रुहरुसँग विगतकै भाडादरमा भाडा लिइरहेको बताए । यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?