Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कांग्रेस उपसभापति गुरूङले खोजे रास्वपाको ‘कोर टीम’


२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘कोर टीम’को खोजी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरूङले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियोमा उल्लेख गरिएको कोर टीमबारे अनुसन्धान हुनुपर्ने माग गरेका  हुन् ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउन साढे दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई निलम्बन गरेर अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उनीसँग रास्वपाले २४ घण्टे स्पष्टीकरण समेत मागेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?