Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कांग्रेस उपसभापति गुरूङले खोजे रास्वपाको ‘कोर टीम’


२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘कोर टीम’को खोजी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरूङले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियोमा उल्लेख गरिएको कोर टीमबारे अनुसन्धान हुनुपर्ने माग गरेका  हुन् ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउन साढे दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई निलम्बन गरेर अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उनीसँग रास्वपाले २४ घण्टे स्पष्टीकरण समेत मागेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?