२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् । रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो बाहिरिएपछि उनले सोमबारको संसद बैठकमा माफि मागेका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं ।’
उक्त घटनाबाट रास्वपा अलिकति पनि विचलित नहुने पनि उनले बताएका छन् ।
अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानविन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको उनले संसदलाई जानकारी दिएका छन् ।
प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार