Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द


काठमाडौँ। जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ ।

बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।

दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भयो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो । योसँगै बिहीवारका लागि कारोबार बन्द भयो ।

यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ । यो समूहको ९.३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको छ । ६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिव ४ मिनेट मात्रै कारोबार भयो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो । पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ, लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।यसअघि पनि सरकार परिवर्तन हुँदा नेप्सेमा त्यसको असर देखिँदै आएको छ । नीतिगत परिवर्तन हुँदा पनि सेयरबजारमा उचारचढाव हुने गरेको छ ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?