Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने


काठमाडौँ।यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

मंगलवार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भईसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् । उनले दशैंका लागि घर जानेहरुले ३/४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् ।

अध्यक्ष स्वाँरले भने , ‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौ । किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै विदा भईसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरु लगायतका पब्लिक करिव ५० हजार मानिसहरु गाेंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ । त्यो हुनाले अव अग्रिम बुकिङ आवश्यक छैन । दशैंका लागि विशेष बुकिङ हुँदैन । ३/४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं । अव टिकट पाइदैने भनेर भिड गरेर जानुपर्ने अवस्था छैन । जानु भन्दा २/४ दिन अगाडि गएर टिकट लिएर अगाडि बढने काम गरौं । सडक कतिपय ठाउँमा विग्रका छन । सडक विभाग लगायतको निकाय बसेर हामीले सडकलाई सहज बनाएर जाने र बढि भन्दा बढि गाडी उपत्यकामा उपलब्ध गराएर र त्यतिले पनि पुगेन भने काठमाडौंको लोकल गाडीलाई पनि म्यानेज गरेर पठाउँछौं ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी संवद्ध सबै पक्षसँग छलफल गरिएको बताए । उनले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पु¥याउने कुरामा कुनै कमी हुन नदिने पनि बताएका छन् ।

महानिर्देशक पोखरेलले भने, ‘हामीले चाडबाड केन्द्रिय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरु सबै बसेर अव हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरुलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने ? भन्ने विषयमा छलफल गरेका हौ । त्यसमा हामीले विभिन्न कुराहरु छलफल गरेका छौं । त्यसको निर्णय गर्छौ । र तुरुन्तै कार्यान्वयनमा लैजान्छौं । यसलाई सहजीकरण गर्छाैँ ।’

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैँमा यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाई सकेको बताए । उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिएका छन् ।

एसएसपी रजौरेले भने, ‘यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनु पर्यो । यही बेला कमाउने मौका हो भन्ने सोच राख्नु भएन । यही बेला हो ठग्ने भन्ने हो भने हामीले त्यस्तालाई सर्पोट गर्न सक्दैनौं । हामी नागरिक सहायता कक्षमा सँगै हुन्छौं । यातायातको सुरक्षित ढंगले संचालन गराउनैछौं । यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पु¥याउने कुरामा हामी कटिवद्ध छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताएका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?