Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जेन जी आन्दोलनबाट जोगिएका थापाथलीका शोरुम चलायमान हुने कोशिसमा


काठमाडौँ। जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् ।

दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले यहाँको केही शोरुमहरुमा आगजानी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए । प्रदर्शनकारीको निशानामा यहाँका सिजी मोर्टस, सिप्रदी, हुण्डाई र महिन्द्राका शोरुम परेका थिए । गाडीका शोरुमहरूमा करोडौंको क्षति भएको छ ।

एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका सोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिएका छन् । यी जोगिएका शोरुमहरु फेरि चलयामान हुने कोशिस गरिरहेका छन् । यी कम्पनीले नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न अफरहरु समेत सार्वजानिक गरेका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?