Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

काठमाडौं उपत्यकाका विद्यालयहरुमा पठनपाठन शुरु


काठमाडौँ। जेन जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् ।

सोमवारबाट काठमाडौं उपत्यकाका विद्यालयहरु सुचारु हुन थालेका हुन् । जेन जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो । जेन जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरु जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन शुरु गरेका छन् ।

तर जेन जीका मागहरु पूरा नभएको भन्दै आईतवार साँझ जेन जी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ ।

प्रधानमन्त्री कार्कीले जेन जीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?