Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की


काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छिन् ।

सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन् । यहाँ यो देखेर आफूलाई लाज लागेको पनि बताइन्। नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । उनले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरिन् । उनले यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन्। उनले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन् । उनले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गरेकी छिन् । उनले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाईलहरु थिए, ती नष्ट भएर गए । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो । यस किसिमबाट अहिले हाम्रो संस्थाहरु अनुहार देखाउन नसक्ने अवस्था बनाएर क्षति गरेको छ । मलाई लाग्छ, यो पूर्वतयारीअनुसार षड्यन्त्र नै भएको हो की भन्ने लाग्छ । यो अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, नोक्शान गर्नेहरुलाई अपरिहार्य वस्तुलाई माटोमा मिलाउने काम गरिएको छ । त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यसको कारबाही हुनुपर्छ ।’

उनले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताएकी छिन्। जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?