Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ। नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।

राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्नेछ । त्यस्तै ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्दैछ ।

उक्त रकम ३६६ दिनका लागि बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपका रुपमा राख्न सक्नेछन् । त्यसका लागि असोज ५ गतेदेखि २०८३ असोज ५ सम्मका लागि राष्ट्र बैंकले उक्त रकम मुद्दति खातामा राख्न चाहेको र मुद्दति राख्न चाहने बैंकलाई भदौँ ३१ गते भित्रै प्रश्ताव पेश गर्न बैंकहरुलाई राष्ट्र भनेको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्युनतम सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने शर्त तोकिएको छ ।

यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको पैसा राख्ने बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनुपर्नेछ । कोषको रकम लगानी गरी आर्जन हुने त्रैमासिक ब्याज वापतको रकम त्रयमास सकिएको भोलीपल्ट (कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन वा उक्त दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिन) तथा लगानी परिपक्व भएमा लगानी गरिएको सावाँ र बाँकी अवधिको व्याज रकम नेपाल राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको बैंकको वित्तीय संस्थाको खाता स्वतः खर्च गरी असुल गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार उक्त समयमा खातामा आवश्यक मौज्दात कायम रहेको हुनुपर्नेछ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?