Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

१ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक


राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।

राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्नेछ । त्यस्तै ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्दैछ ।

उक्त रकम ३६६ दिनका लागि बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपका रुपमा राख्न सक्नेछन् । त्यसका लागि असोज ५ गतेदेखि २०८३ असोज ५ सम्मका लागि राष्ट्र बैंकले उक्त रकम मुद्दति खातामा राख्न चाहेको र मुद्दति राख्न चाहने बैंकलाई भदौँ ३१ गते भित्रै प्रश्ताव पेश गर्न बैंकहरुलाई राष्ट्र भनेको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्युनतम सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने शर्त तोकिएको छ ।

यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको पैसा राख्ने बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनुपर्नेछ । कोषको रकम लगानी गरी आर्जन हुने त्रैमासिक ब्याज वापतको रकम त्रयमास सकिएको भोलीपल्ट (कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन वा उक्त दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिन) तथा लगानी परिपक्व भएमा लगानी गरिएको सावाँ र बाँकी अवधिको व्याज रकम नेपाल राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको बैंकको वित्तीय संस्थाको खाता स्वतः खर्च गरी असुल गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार उक्त समयमा खातामा आवश्यक मौज्दात कायम रहेको हुनुपर्नेछ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?