Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

व्यवसायी भन्छन्ः ‘जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो’


काठमाडौँ। जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेन–जी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् । आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरुले दशैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरु निकै पीडामा परेको बताएका छन् । राज्य संरचना समेत ध्वत  भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरुमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ ।

उनले भने, ‘जेन–जीहरुको भ्रष्टाचार नियन्त्रण गर्ने मागहरु जायज थियो । तर त्यसमा राजनीतिक दलहरुको घुसपैठ धेरै भए । त्यसकारण हामी व्यवसायीहरुलाई ठूलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दशै नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौं । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ ।’

जेन–जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई दिशामा अगाडि लैजानुपर्ने उनीहरुको माग छ । संपिवधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।

उनले भने, ‘अहिले सर्वसाधारणले पनि दुःख पाएको अवस्था छ । संकटा क्लबका साथिहरुको कारण हाम्रो त्यति धेरै क्षति हुन पाएन । अहिले जेनजीहरुलाई मेरो सुझाव छ, निर्णय छिटो लिनुस् । देशलाई अगाडि बढाउनतिर लाग्नुस् । संविधानअनुसार अघि बढ्दा प्रत्यक्ष कार्यकारीको विषय कँही पनि उल्लेख गरिएको छैन । त्यो पनि विचार गर्नुहोस् । समयमै अन्तरिम सरकार बन्यो भने हामी व्यवसायी र मध्यम परिवारका मानिसहरुलाई राहत मिल्थ्यो कि भन्ने हो त्यत्ति हो ।’

भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलन करिव ४८ घण्टा चल्दा करिव ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबार लगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?