Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अज्ञात समूहको आक्रमणमा २० जनाको मृत्यु


२७ चैत्र, एजेन्सी । पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडिएबफ) ले एनेबुला गाउँनजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा सहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्या स्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताएका छन् । ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् ।

क्षेत्रीय सैन्य प्रशासक चार्ल्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडिएफ आतंककारीहरू’ जिम्मेवार रहेको दाबी गरे ।

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडिएफमाथि हजारौँ सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१९ यता पूर्वी डिआरसीमा एडिएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भिडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ ।

मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमानजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

गत महिना अमेरिकाले एडिएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?