Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

अज्ञात समूहको आक्रमणमा २० जनाको मृत्यु


२७ चैत्र, एजेन्सी । पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडिएबफ) ले एनेबुला गाउँनजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा सहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्या स्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताएका छन् । ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् ।

क्षेत्रीय सैन्य प्रशासक चार्ल्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडिएफ आतंककारीहरू’ जिम्मेवार रहेको दाबी गरे ।

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडिएफमाथि हजारौँ सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१९ यता पूर्वी डिआरसीमा एडिएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भिडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ ।

मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमानजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

गत महिना अमेरिकाले एडिएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?