Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

पीटीआई अध्यक्ष इमरान खानले श्वेतपत्र जारी गर्ने


२७ चैत्र, एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारको विगत तीन वर्षको कामको समिक्षा गर्दै श्वेतपत्र प्रस्तुत गर्ने भएका छन् ।

स्रोतका अनुसार खानले भिडियो लिङ्कमार्फत् देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्नेछन् । पत्रमा उनले आफ्नो सरकारको कार्यसम्पादन र पीडीएम सरकारको काम तुलना गर्ने बताइएको छ ।

पाकिस्तानी एआरवाई न्यूजका अनुसार पीटीआईले आफ्ना प्रतिद्वन्द्वी, गठबन्धन सरकारमा रहेका दलहरूको आर्थिक प्रदर्शनको अत्यधिक आलोचना गरेको छ र उनीहरूले गत वर्ष अप्रिलमा सत्ताबाट हटाइएदेखि नै देशलाई धराशायी बनाएको आरोप लगाएको छ ।

पार्टीले सत्तारुढ गठबन्धनले गलत आर्थिक निर्णय गरेको भन्दै लगातार आलोचना गर्दै आएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?