Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आफ्नै वरपरका व्यक्तिहरूलाई पनि छानबिन गर्न रवि लामिछानेको निर्देशन


२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा पार्टीका सभापति रवि लामिछानेले आफ्नै वरपरका व्यक्तिहरूलाई समेत छानबिन गर्न निर्देशन दिएका छन् ।

लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको बताउँदै यसबारे सुक्ष्म रूपमा छानबिन गरिने बताए । पार्टीभित्रका जो संलग्न भएता पनि कारबाही हुने उनले प्रष्ट पारे ।

‘दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ । मेरै वरपर भएका व्यक्तिलाई पनि छानबिन गर्नुस् । मैले ९ महिनामात्रै भयो चिनेको । मेरो नाम लिएर कसैले भजाएछ भने त्यो कारबाहीको भागीदार हुनेछ ।’

लामिछानेले आफु सत्यको बाटोमा हिँडेको र यसबाट कति पनि बिचलित नहुने उनले बताए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?