Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

रूसका नागरिकलाई चीनमा भिसा नचाहिने


काठमाडौँ। साधारण राहदानी धारक रूसी नागरिकहरूका लागि चीनको भिसा–मुक्त नीति राम्रो रहेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रशंसा गरेका छन् ।
उनले रुसले पनि चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न भिसा लिनुनपर्ने नीति अवलम्वन गर्ने बताए । यसले पारस्परिक यात्रामा उल्लेखनीय वृद्धि र थप अनुकूल व्यावसायिक अवस्था सिर्जना गर्न योगदान पुर्याउने उनको दाबी छ । दुई देशहरूको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

उनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले सेप्टेम्बर १५, २०२५ देखि सेप्टेम्बर १४, २०२६ सम्मको अवधिको लागि साधारण राहदानी धारक रूसी नागरिकहरूका लागि अस्थायी रूपमा भिसा–मुक्त नीति लागू गर्ने बताउनुभएको थियो । जसले व्यापार यात्रा, पर्यटन, साथै अन्य निजी भ्रमणहरू, आदानप्रदान भ्रमणहरू वा ट्रान्जिट जस्ता उद्देश्यका लागि ३० दिनसम्म बस्न अनुमति दिनेछ ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?