Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

शनिवारदेखि शुरु भयो एनपिएलको ट्रफी टुर


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु हुने भएको छ ।

पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पुर्याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गरिन लागिएको हो । क्यानले शुक्रवार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपिएलको ट्रफी टुर गर्न लागिएको जानकारी दिएको थियो । दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गरिने भएको छ । आजदेखि सुर भएको ट्रफी टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ ।

क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले पूर्वको मेची देखि पश्चिमको महाकालीसम्म पुग्ने बताए । सबैभन्दा पहिलो उक्त ट्रफी टुरको सुरुआत कोशी प्रदेशबाट गर्न लागिएको शुरु भएको छ । त्यसपछि ट्रफी टुर जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश पुग्नेछ । जनकपुर पहिलो संस्करणको विजेता पनि हो । त्यहाँबाट उक्त ट्रफी चितवन पुग्नेछ । चितवन राइनोजको शहर परिक्रमपछि ट्रफी काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं गोर्खाजले विभिन्न ऐतिहासिक स्थलमा ट्रफी टुर गराउनेछ । त्यसपछि पोखरा र लुम्बिनी कर्णालीमा उक्त ट्रफी टुर विभिन्न कार्यक्रमसहित मनाइनेछ । अन्तिममा उक्त ट्रफी रोयल्सको प्रदेश सुदूरपश्चिम पुग्नेछ ।

क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपिएलको ट्रफीलाई जोडेको छ । उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ । शुक्रवार भएको कार्यक्रमा कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए । क्यान सचिव खड्काले ट्रफी कुन कुन ठाउँमा पुर्याउने फ्रेन्चाइज टोलीले नै तय गर्ने जानकारी दिए । दोस्रो संस्करणको एनपिएलका लागि मिनी अक्सन पनि भइसकेको छ ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?