Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

शनिवारदेखि शुरु भयो एनपिएलको ट्रफी टुर


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु हुने भएको छ ।

पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पुर्याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गरिन लागिएको हो । क्यानले शुक्रवार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपिएलको ट्रफी टुर गर्न लागिएको जानकारी दिएको थियो । दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गरिने भएको छ । आजदेखि सुर भएको ट्रफी टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ ।

क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले पूर्वको मेची देखि पश्चिमको महाकालीसम्म पुग्ने बताए । सबैभन्दा पहिलो उक्त ट्रफी टुरको सुरुआत कोशी प्रदेशबाट गर्न लागिएको शुरु भएको छ । त्यसपछि ट्रफी टुर जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश पुग्नेछ । जनकपुर पहिलो संस्करणको विजेता पनि हो । त्यहाँबाट उक्त ट्रफी चितवन पुग्नेछ । चितवन राइनोजको शहर परिक्रमपछि ट्रफी काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं गोर्खाजले विभिन्न ऐतिहासिक स्थलमा ट्रफी टुर गराउनेछ । त्यसपछि पोखरा र लुम्बिनी कर्णालीमा उक्त ट्रफी टुर विभिन्न कार्यक्रमसहित मनाइनेछ । अन्तिममा उक्त ट्रफी रोयल्सको प्रदेश सुदूरपश्चिम पुग्नेछ ।

क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपिएलको ट्रफीलाई जोडेको छ । उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ । शुक्रवार भएको कार्यक्रमा कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए । क्यान सचिव खड्काले ट्रफी कुन कुन ठाउँमा पुर्याउने फ्रेन्चाइज टोलीले नै तय गर्ने जानकारी दिए । दोस्रो संस्करणको एनपिएलका लागि मिनी अक्सन पनि भइसकेको छ ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?