Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सामाजिक सञ्जालमा रोक लगाएपछि फुर्सदिला व्यक्तिका लागि समय बिताउने सजिलो उपाय


काठमाडौँ । नेपालमा पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि धेरैलाई दैनिक जीवनमा फुर्सद मिल्ने गरेको छ। विशेषगरी नियमित रूपमा सामाजिक सञ्जालमा घण्टौँ समय बिताउने बानी भएका युवादेखि गृहिणी, व्यवसायी र जागिरेहरू समेत अचानक “खाली समय” को अनुभव गरिरहेका छन्।

परिस्थितिलाई सकारात्मक रूपमा प्रयोग गर्दै  सामाजिक सञ्जालको लत हटाउँदै उत्पादक र स्वास्थ्यप्रद बानी बसाल्न यो सही अवसर पनि हो।

के गर्ने ?

पुस्तक अध्ययन : लामो समयदेखि पढ्न छोडिएका किताब फेरि हातमा लिन सकिन्छ।

शारीरिक व्यायाम : बिहान बेलुकाको साधारण योग वा पैदल हिँडाइले स्वास्थ्यमा ठूलो फाइदा पुर्‍याउँछ।

परिवारसँग समय : परिवारका सदस्यसँग कुरा गर्ने, खेल्ने वा सँगै खाना पकाउने बानी बढाउन सकिन्छ।

नयाँ सीप सिक्ने अवसर : अनलाइन कोर्स, भाषा अध्ययन वा साना कौशलहरू सिकेर भविष्यका लागि फाइदा उठाउन सकिन्छ।

ध्यान र आत्मचिन्तन : मानसिक शान्ति र आत्मिक ऊर्जा प्राप्त गर्न ध्यान र योग उत्तम विकल्प हुन सक्छ।

सृजनशील काम : लेखन, चित्रकला, बगैँचा स्याहार वा संगीत अभ्यासले फुर्सदलाई रमाइलो बनाउन सक्छ।

सामाजिक सञ्जाल बन्द भएपछि पहिलो नजरमा असजिलो लागे पनि यसले जीवनलाई व्यवस्थित र अनुशासित बनाउन सहयोग पुर्‍याउने सक्छ । यसलाई नकारात्मक होइन, बरु नयाँ जीवनशैली सुरु गर्ने अवसरका रूपमा लिन सकिन्छ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?