Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सामाजिक सञ्जालमा रोक लगाएपछि फुर्सदिला व्यक्तिका लागि समय बिताउने सजिलो उपाय


काठमाडौँ । नेपालमा पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि धेरैलाई दैनिक जीवनमा फुर्सद मिल्ने गरेको छ। विशेषगरी नियमित रूपमा सामाजिक सञ्जालमा घण्टौँ समय बिताउने बानी भएका युवादेखि गृहिणी, व्यवसायी र जागिरेहरू समेत अचानक “खाली समय” को अनुभव गरिरहेका छन्।

परिस्थितिलाई सकारात्मक रूपमा प्रयोग गर्दै  सामाजिक सञ्जालको लत हटाउँदै उत्पादक र स्वास्थ्यप्रद बानी बसाल्न यो सही अवसर पनि हो।

के गर्ने ?

पुस्तक अध्ययन : लामो समयदेखि पढ्न छोडिएका किताब फेरि हातमा लिन सकिन्छ।

शारीरिक व्यायाम : बिहान बेलुकाको साधारण योग वा पैदल हिँडाइले स्वास्थ्यमा ठूलो फाइदा पुर्‍याउँछ।

परिवारसँग समय : परिवारका सदस्यसँग कुरा गर्ने, खेल्ने वा सँगै खाना पकाउने बानी बढाउन सकिन्छ।

नयाँ सीप सिक्ने अवसर : अनलाइन कोर्स, भाषा अध्ययन वा साना कौशलहरू सिकेर भविष्यका लागि फाइदा उठाउन सकिन्छ।

ध्यान र आत्मचिन्तन : मानसिक शान्ति र आत्मिक ऊर्जा प्राप्त गर्न ध्यान र योग उत्तम विकल्प हुन सक्छ।

सृजनशील काम : लेखन, चित्रकला, बगैँचा स्याहार वा संगीत अभ्यासले फुर्सदलाई रमाइलो बनाउन सक्छ।

सामाजिक सञ्जाल बन्द भएपछि पहिलो नजरमा असजिलो लागे पनि यसले जीवनलाई व्यवस्थित र अनुशासित बनाउन सहयोग पुर्‍याउने सक्छ । यसलाई नकारात्मक होइन, बरु नयाँ जीवनशैली सुरु गर्ने अवसरका रूपमा लिन सकिन्छ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?