Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बंगलादेशसँग सजग भएर खेल्छौंः कप्तान किरण


काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् ।

नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ । शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले जहिल्यै पनि बंगलादेशसँग खेल्दा प्रतिष्पर्धात्मक खेल हुने गरेको बताएका छन् । तर आफूहरू पनि शनिवार हुने खेलका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । विपक्षी यस्तो छ भनेर आफु रेट गर्न नचाहने र तर बंगलादेशसँग खेल्दा राम्रो प्रतिष्पर्धा हुने उनको विश्वास छ । उनले बंगलादेश बलियो टोली रहेको र प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरेका छन् ।

पछिल्लो दुई वर्ष घरेलु मैदानमा फुटबल खेल्न नपाउनु दुःखद् पक्ष रहेको उनको भनाइ छ । तर लामो समयपछि यो मैदानमा फर्किदा समर्थकका लागि सुखद् पक्ष रहेको र सोहीअनुरूप नतिजा ल्याउने उनले आशा व्यक्त गरेका छन् । शनिबार हुने खेलमा दर्शकको पनि राम्रो साथ पाउने उनले आशा व्यक्त गरेका छन् । हाम्जा चौधरी जस्ता खेलाडी नभए पनि बंगलादेश बलियो टोली रहेको उनको भनाइ छ । आफु र नेपालका समर्थक पनि हाम्जालाई हेर्न प्रतीक्षामा रहे पनि त्यो सम्भव हुन नसकेको उनले बताएका छन् । इङ्लिस प्रिमियर लिग (इपिएल) को पूर्वक्लब लेस्टर सिटीका स्टार हाम्जा चोटका कारण टोलीमा आबद्ध हुन नसकेका हुन् ।

बंगलादेश राम्रो टोली रहेको र तयारी पनि प्रभावकारी रूपमा गरेको कप्तान किरणले उल्लेख गरे । त्यसैले पनि बंगलादेशसँग सजक भएर खेल्ने उनको भनाइ छ । उनले टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएको उल्लेख गरे । तर, टोलीको तयारी राम्रो रहेको र घरेलु मैदानमा खेल्न पाउँदा एकदमै खुसी रहेको उनी बताउँछन् । फिफा इन्टरनेशनल विन्डोमा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल मंगलबार हुनेछ । यी खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटका बाँकी खेलको तयारीका रुपमा लिएको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका छ । नेपालका मुख्य प्रशिक्षक म्याट रसका लागि यो पाँचौं खेल हो । उनै रसले बंगलादेशविरुद्ध सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले भोलि आफू र आफ्नो टोलीको लक्ष्य जसरी पनि जित निकाल्ने लक्ष्यमा हुने बताए । प्रशिक्षक रसले आफ्नो फिलोसफी नेपाली फुटबल समर्थकले पहिलो चार खेलमै थाहा पाइसकेको उल्लेख गरे । राष्ट्रिय टोलीका उदीयमान स्टार कृतिशरत्न छुन्जु, आयुष घलान र सुमित श्रेष्ठ यो टोलीमा छैन ।

यी तीनै खेलाडी एएफसी यु–२३ एशियन कप छनोटका लागि ताजकिस्तानमा छन् । नेपालले तीन वर्षअघि पनि बंगलादेशसँग खेल्न लागेको हो । दशरथ रंगशालामा नै भएको पछिल्लो भेटमा नेपालले बंगलादेशमाथि ३–१ को जित हासिल गरेको थियो । तर, पछिल्लो समय बंगलादेश धेरै बलियो हुँदै आएको छ । त्यसैले शनिबार नेपालका लागि सहज हुने छैन । बंगलादेशी कप्तान जमल भुयाँले नेपालको घरेलु मैदान र समर्थकसामू खेल्न त्यति सहज नहुने बताए । उनले नेपाली टोली विगतका दिनभन्दा झन् निखारिँदै गएको र सिंगापुरविरुद्धको खेलले त्यसको पुष्टि गर्ने बताए ।

उनले त्यतिबेला नेपालले वास्तवमै राम्रो फुटबल पस्किएको उल्लेख गरे । त्यसैले पनि नेपालसँग खेल्न बंगलादेशलाई जहिल्यै चुनौतीको विषय हुने र यसपल्ट पनि त्यति सहज नहुने उनको भनाइ छ । बंगलादेशका मुख्य प्रशिक्षक हाबियर क्याब्रेराले यो मैत्रीपूर्ण खेललाई आफ्नो कमिकमजोरी सुधार गर्ने अवसरका रूपमा लिएको बताए । एएफसीका तीन खेलअघि तयारीस्वरुप नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको र यो कमीकमजोरी सुधार्ने राम्रो मौका हुने उनको भनाइ छ । उनले नेपाल आउनुअघि पुलिस र फोर्टिस टोलीसँग अभ्यास खेलेको पनि उल्लेख गरे ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?