Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढयौं भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उनको जिकिर थियो । शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत बताए । सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी गम्भिरताका साथ मिसन २०८४ तर्फ अगाडि बढेका छौं । २०८४ मा हामीले एकल बहुमत ल्याउनु पर्छ । कम्तिमा एकल बहुमत हामीले ल्याउनु पर्दछ । कमरेडहरु यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरु र कार्यकर्ताहरु, सदस्यहरु र समर्थकहरु परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं । र यहाँहरुलाई थाहा छ–हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी पनि सरकारमा छौ । र सरकारमा रहेर हामी धाँधली रोक्न सफल हुन्छौं । दृढताका साथ धाँधली रोक्ने छौं । र निष्पक्ष, स्वतन्त्र निर्वाचन हुँदैछ । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुँदैछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुन्छ । त्यसर्थ म सबै कमरेडहरुलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधिहरु अगाडि बढाउन आवश्यक छ भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भिरताका साथ अघि बढाएको पनि दोहार्याएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?