Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यकः मन्त्री गुरुङ


काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवद्र्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

१८ औँ पुस्तकालय दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले ग्रामीण क्षेत्रका पुस्तकालयमा कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाले सूचना पहुँचको खाडल पुरेको बताए । उनले पुस्तकालय केवल अध्ययनका स्थल मात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको प्रेरणाश्रोत रहेको पनि बताए । उनले कानूनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण पुस्तकालय अझै पूर्ण क्षमतामा पुग्न नसकेको पनि बताएका छन् । सरकार, स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानूनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘युवाहरुका लागि पुस्तकालय अनुसन्धान, नवप्रवद्र्धन र सिप विकासको प्रमुखस्थल बनेका छन् । विशेषगरी ग्रामिण क्षेत्रका पुस्तकालयहरुको कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेका छन् । पुस्तकालयहरु केवल शान्त अध्ययन स्थलमात्र होइनन् । यी नागरिकको चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरणा शक्ति पनि हुन् । महिला, बालबालिका, किसान, श्रमिक, विद्यार्थी लगायत समाजका सबै तहका मानिसहरुका लागि पुस्तकालय सूचना, सिप र आत्मल प्रदान गर्दै आएका छन् । यद्धपी कानूनी संरचनन, पर्याप्त लगानी र प्रविधिको कमीका कारण अझै पूर्ण क्षमतामा पुगेका छैनन् । अब सरकार, स्थानीय तह र समूदाय मिलेर पुस्तकालयलाई बलियो कानूनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन अति आवश्यक छ ।’

उनले पुस्तकालयहरुको सुधार गर्दै पठन संस्कृतिको विकासका लागि सरकार लागिपरेको समेत बताएका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?