Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यकः मन्त्री गुरुङ


काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवद्र्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

१८ औँ पुस्तकालय दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले ग्रामीण क्षेत्रका पुस्तकालयमा कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाले सूचना पहुँचको खाडल पुरेको बताए । उनले पुस्तकालय केवल अध्ययनका स्थल मात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको प्रेरणाश्रोत रहेको पनि बताए । उनले कानूनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण पुस्तकालय अझै पूर्ण क्षमतामा पुग्न नसकेको पनि बताएका छन् । सरकार, स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानूनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘युवाहरुका लागि पुस्तकालय अनुसन्धान, नवप्रवद्र्धन र सिप विकासको प्रमुखस्थल बनेका छन् । विशेषगरी ग्रामिण क्षेत्रका पुस्तकालयहरुको कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेका छन् । पुस्तकालयहरु केवल शान्त अध्ययन स्थलमात्र होइनन् । यी नागरिकको चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरणा शक्ति पनि हुन् । महिला, बालबालिका, किसान, श्रमिक, विद्यार्थी लगायत समाजका सबै तहका मानिसहरुका लागि पुस्तकालय सूचना, सिप र आत्मल प्रदान गर्दै आएका छन् । यद्धपी कानूनी संरचनन, पर्याप्त लगानी र प्रविधिको कमीका कारण अझै पूर्ण क्षमतामा पुगेका छैनन् । अब सरकार, स्थानीय तह र समूदाय मिलेर पुस्तकालयलाई बलियो कानूनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन अति आवश्यक छ ।’

उनले पुस्तकालयहरुको सुधार गर्दै पठन संस्कृतिको विकासका लागि सरकार लागिपरेको समेत बताएका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?