Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीले गराए चीन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे जानकारी गराएका हुन् । उनले चीनको थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि समण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जानकारी दिए ।

भ्रमणको मूल उद्देश्य एससिओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रश्तुत गर्नु रहेको बताउदै उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको बताएका छन् । एससिओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुने उनले जानकारी दिए ।

उनले बेइजिङमा आयोजित फासिवाद विरोधी युद्ध र जापानी अतिक्रमण विरुद्धको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने समेत बताए । प्रधानमन्त्री ओलीले भ्रमणबाट नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?