Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बाफिया विधेयकमा अध्यक्ष ढकालको असन्तुष्टि


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका छन्। कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको बताए । यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने जिकिर गरेका छन् । यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्ने जिकिर गरे । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरुमा नातेदार भन्दा बाहिरका मानिसहरु नरहेको बताए ।

उनले भने, ‘कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया जुन ड्राफ्ट भएको छ । त्यसमा रहेको छ । यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसावले कानूनहरुमा यस्ता इस्युहरु आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछ । आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’

अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?