Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

काँग्रेस–एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन्ः सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरुको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्  ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरु अर्थहीन हुने टिप्पणी गरे । उनले सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औंल्याएका छन् । उनले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको दोहोर्याए  । उनले सांसदहरुलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गरेका छन् ।

उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे जुन बहस गरिरहेका छौं यो अन्त्यहीन प्रकारको बहस हुन्छ । नेपाली काँग्रेस र नेकपा (एमाले) आजको दिनमा तयार हुनुभयो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने कुरा धेरै ठूलो कुरा पनि होइन । तर ति दुई पार्टी त्यहाँ पुगिसक्नुभएको छैन । यद्धपी दलका तर्फबाट अहिले पनि हाम्रो स्पष्ट दृष्टिकोण के छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने हो । राष्ट्रप्रमुख राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने भन्ने विषयमा आवश्यक छलफल गर्न सकिन्छ । त्यस्तै सांसदहरु मन्त्री नहुने व्यवस्था गर्नसक्यो भने विधायिकी काम प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाई छ । नत्र भने सांसदहरुको काम नै निगरानी गर्ने, खबरदारी गर्ने अनि आफैं मन्त्रीको लाइनमा बस्छ भोलि आफैंमाथि निगरानी गर्ने मनोविज्ञानमा जाँदा कसरी उसले अनुगमन र खबरदारी गर्छ ? त्यसकारण संविधानको समिक्षा र संविधानलाई समृद्ध तुल्याउने सन्दर्भमा माओवादीको प्रष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचि कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजको दिनमा उठेका समस्याहरुको हल गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण छ ।’

सापकोटाले संविधानलाई समयानुकुल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रुपमा अघि सारिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?