Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

काँग्रेस–एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन्ः सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरुको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्  ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरु अर्थहीन हुने टिप्पणी गरे । उनले सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औंल्याएका छन् । उनले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको दोहोर्याए  । उनले सांसदहरुलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गरेका छन् ।

उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे जुन बहस गरिरहेका छौं यो अन्त्यहीन प्रकारको बहस हुन्छ । नेपाली काँग्रेस र नेकपा (एमाले) आजको दिनमा तयार हुनुभयो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने कुरा धेरै ठूलो कुरा पनि होइन । तर ति दुई पार्टी त्यहाँ पुगिसक्नुभएको छैन । यद्धपी दलका तर्फबाट अहिले पनि हाम्रो स्पष्ट दृष्टिकोण के छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने हो । राष्ट्रप्रमुख राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने भन्ने विषयमा आवश्यक छलफल गर्न सकिन्छ । त्यस्तै सांसदहरु मन्त्री नहुने व्यवस्था गर्नसक्यो भने विधायिकी काम प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाई छ । नत्र भने सांसदहरुको काम नै निगरानी गर्ने, खबरदारी गर्ने अनि आफैं मन्त्रीको लाइनमा बस्छ भोलि आफैंमाथि निगरानी गर्ने मनोविज्ञानमा जाँदा कसरी उसले अनुगमन र खबरदारी गर्छ ? त्यसकारण संविधानको समिक्षा र संविधानलाई समृद्ध तुल्याउने सन्दर्भमा माओवादीको प्रष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचि कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजको दिनमा उठेका समस्याहरुको हल गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण छ ।’

सापकोटाले संविधानलाई समयानुकुल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रुपमा अघि सारिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?