Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मिथिलाञ्चलका शिव मन्दिरहरुमा तिजको उल्लास


काठमाडौँ। विशेष गरी हिन्दु महिलाहरुमा प्राचिन कालदेखि लोकप्रिय रहेको तिज पर्व पछिल्लो समय सबै जातजाति र वर्गमा पनि प्रसिद्ध बन्दै गएको छ ।

तराई मधेसका पहाडी सम्ुदायका महिलाहरुमा सिमित रहेको तिज पर्व पछिल्लो समय यहाँका मधेसी समुदाय माझ पनि लोकप्रिय छ । मधेसमा पहिले घरभित्र सिमित रहेर हरितालिका तिज मनाउने महिलाहरु पछिल्लो समय सार्वजनिक स्थलमा निस्केर सामुहिक रुपमा उत्सवमा सहभागी हुने क्रम बढ्दै गएको छ । यस वर्ष पनि जनकपुरधामस्थित शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरुको ठूलो भीड लागेको छ । हिन्दु धर्मावलम्वीहरुको महान पर्व तीजको अवसरमा मिथिलाञ्चलका विभिन्न मन्दिर परिसरमा महिलाहरुको उत्साह झल्किएको छ । एक व्रतालु महिला भन्नुहुन्छ, ‘भगवान शिवको पूजा आराधना गर्दा पति र सन्तानको दीर्घायु हुने विश्वास छ । यसैसँगै घरपरिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गर्दै व्रत बसेका छौं ।’

जनकपुरधामसहित मधेस प्रदेशमा तिज पर्व मिथिलाञ्चलको सांस्कृतिक अभिव्यक्तिको प्रतिक मात्र नभई पछिल्ला वर्षहरुमा सामाजिक मेलमिलाप र सामुहिक उत्सवको रुपमा पनि स्थापित हुँदै गएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?