Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मिथिलाञ्चलका शिव मन्दिरहरुमा तिजको उल्लास


काठमाडौँ। विशेष गरी हिन्दु महिलाहरुमा प्राचिन कालदेखि लोकप्रिय रहेको तिज पर्व पछिल्लो समय सबै जातजाति र वर्गमा पनि प्रसिद्ध बन्दै गएको छ ।

तराई मधेसका पहाडी सम्ुदायका महिलाहरुमा सिमित रहेको तिज पर्व पछिल्लो समय यहाँका मधेसी समुदाय माझ पनि लोकप्रिय छ । मधेसमा पहिले घरभित्र सिमित रहेर हरितालिका तिज मनाउने महिलाहरु पछिल्लो समय सार्वजनिक स्थलमा निस्केर सामुहिक रुपमा उत्सवमा सहभागी हुने क्रम बढ्दै गएको छ । यस वर्ष पनि जनकपुरधामस्थित शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरुको ठूलो भीड लागेको छ । हिन्दु धर्मावलम्वीहरुको महान पर्व तीजको अवसरमा मिथिलाञ्चलका विभिन्न मन्दिर परिसरमा महिलाहरुको उत्साह झल्किएको छ । एक व्रतालु महिला भन्नुहुन्छ, ‘भगवान शिवको पूजा आराधना गर्दा पति र सन्तानको दीर्घायु हुने विश्वास छ । यसैसँगै घरपरिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गर्दै व्रत बसेका छौं ।’

जनकपुरधामसहित मधेस प्रदेशमा तिज पर्व मिथिलाञ्चलको सांस्कृतिक अभिव्यक्तिको प्रतिक मात्र नभई पछिल्ला वर्षहरुमा सामाजिक मेलमिलाप र सामुहिक उत्सवको रुपमा पनि स्थापित हुँदै गएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?