Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित


चीन। वर्षको १३ औं आँधी काजिकी आईतवार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ ।

आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त काउन्टीसम्मको अपतटीय क्षेत्रहरू हुँदै गएको थियो । भियतनामको मध्य र उत्तरी तटीय क्षेत्रहरूतर्फ अघि बढेको थियो । प्रारम्भिक तथ्याङ्कले हेनानमा लगभग १ लाख २ हजार ५ सय मानिसहरू प्रभावित भएको देखाएको छ । आँधीले सान्या, लेडोङ, लिंगशुई र वानिङ लगायतका शहरहरू र काउन्टीहरूमा सडक, पानी आपूर्ति प्रणाली, बिजुली र सञ्चार सुविधाहरूमा क्षति पुर्याएको छ ।

साथै केही क्षेत्रमा रूखहरू ढलेका छन् र बाढी आएको छ ।बाढी नियन्त्रण, विपद् राहत र गम्भीर रूपमा प्रभावित क्षेत्रहरूमा सडक सफा गर्न सहयोग गर्न सेना, सशस्त्र प्रहरी र अग्नि नियन्त्रक टोलीका १० हजार भन्दा बढी कर्मचारीहरू पठाइएको छ । ७ लाख ७० हजार भन्दा बढी आपतकालीन आपूर्तिहरू छुट्याइएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?