Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ ६ गते, २०८२) का लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ।

युरोपेली युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३९ पैसा, बिक्रीदर १०० रुपैयाँ ८२ पैसा; सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा, बिक्रीदर १०८ रुपैयाँ ७४ पैसा; जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा, बिक्रीदर ९ रुपैयाँ ४६ पैसा; र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४१ पैसा, बिक्रीदर १९ रुपैयाँ ५० पैसा तोकिएको छ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा, बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा, बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा, बिक्रीदर ४ रुपैयाँ २९ पैसा, र युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३८ रुपैयाँ १० पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा, बिक्रीदर ३३ रुपैयाँ १३ पैसा; साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा, बिक्रीदर १० रुपैयाँ ०१ पैसा; स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा, बिक्रीदर १४ रुपैयाँ ६० पैसा; डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७५ पैसा, बिक्रीदर २१ रुपैयाँ ८४ पैसा; हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा, बिक्रीदर १७ रुपैयाँ ९१ पैसा; कुवेती दिनार एकको खरिददर ४५५ रुपैयाँ ७९ पैसा, बिक्रीदर ४५७ रुपैयाँ ७५ पैसा; बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ५८ पैसा, बिक्रीदर ३७१ रुपैयाँ १७ पैसा; तथा ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ९२ पैसा, बिक्रीदर ३६३ रुपैयाँ ४८ पैसा तोकिएको छ।

यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दरलाई आवश्यक परे जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक पर्न सक्ने र आधिकारिक अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने प्रष्ट पारेको छ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?