Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिस्नुपानी नेपालको प्रश्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताउदै उनले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको जिकिर गरेका छन् । सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उनको भनाइ छ । आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको टिप्पणी गरेका छन् । कर्णालीको लागि आफूले केही मानिसहरुले गर्नुभएको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको जिकिर गरे । ग्याँसको खोजि गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अलिकित नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ । केही गरौँ । मलाई अघि राखेर गरिएका व्यंग्यहरु कस्तो भने केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो लाग्यो । पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे । केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं । ग्याँसको खोजि गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्याँस पाइयो । सक्कली कर्णाली त त्यस्तो वैगुनी हुनै सक्दैन । ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने । बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली । कमजोरी होलान् सुधार गरेर जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल बन्छ र बन्दै गरेको बताएका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?