Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गाजामा नयाँ युद्धविराम प्रश्ताव


काठमाडौँ । हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रश्ताव प्राप्त गरेको छ ।

जसमा गाजामा ६० दिनको युद्धविराम र दुई चरणमा सबै वन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ ।स्थायी युद्धविरामको लागि वार्ता शुरु गर्ने नयाँ प्रश्ताव, इजिप्ट र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टीव विटकफको प्रश्तावमा आधारित छ । प्रश्तावमा हमासलाई निशस्त्रीकरण गर्न र प्यालेस्टिनी प्राधिकरणले गाजा प्रशासन गर्न मागहरू समावेश छन् । हमासले प्रतिक्रिया दिनु अघि अन्य प्यालेस्टिनी गुटहरूसँग परामर्श गर्ने अपेक्षा गरिएको छ ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले सोमवार राफामा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफासँगै बोल्दै कैरोले वार्तामा असम्भव अवस्थाको विरोध गरेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको बताएका छन् ।

दोहा समाचारका अनुसार कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी पनि मध्यस्थकर्ताहरूसँग भेटघाटका लागि सोमवार इजिप्टको भ्रमणमा गएका छन् ।

यसैबीच एक प्यालेस्टिनी अधिकारीले पनि कायरोमा रहेका हमास वार्ताकारहरूले गाजामा युद्धविरामको लागि नयाँ प्रश्ताव प्राप्त गरेको बताए । जसमा थप विवरणहरू प्रदान नगरी दुई समूहमा ६० दिनको युद्धविराम र वन्धक रिहाइको लागि आह्वान गरिएको छ ।

दोहामा इजरायल र हमास बीचको अप्रत्यक्ष वार्ता जुलाईको अन्त्यमा कुनै सम्झौता बिना नै विफल भयो । त्यसबेलादेखि इजरायलले गाजा शहरको पूर्ण नियन्त्रण कब्जा गर्न नयाँ आक्रमण शुरु गर्ने इरादा राखेको बताएको छ ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?