Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त


काठमाडौँ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि थप अनुभव आवश्यक भएको र कार्यक्षमतामै प्रश्न उठाइएको देखाइएको छ।

शरद ओझा गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। तर उनको नियुक्तिबिरुद्ध अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन्, जसपछि समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको हो।

यससँगै बीमा प्राधिकरणको नेतृत्व फेरि रिक्त भएको छ र अब सरकारले नयाँ अध्यक्षको छनोट प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?