Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त


काठमाडौँ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि थप अनुभव आवश्यक भएको र कार्यक्षमतामै प्रश्न उठाइएको देखाइएको छ।

शरद ओझा गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। तर उनको नियुक्तिबिरुद्ध अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन्, जसपछि समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको हो।

यससँगै बीमा प्राधिकरणको नेतृत्व फेरि रिक्त भएको छ र अब सरकारले नयाँ अध्यक्षको छनोट प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?