Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

निजी विद्यालयको ‘घाँटी अँठ्याउने’ खालको कानून बनाउन हुँदैनः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने व्यवस्था मूल कानूनमा नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सरकारको धारणा प्रश्तुत गर्दै मन्त्री पन्तले यस्तो आग्रह गरेका हुन्। पूर्ण छात्रवृत्तिको विषय मूल कानूनमा नभई नियमावलीमा राख्न उचित हुने उनको भनाइ छ । विधेयकबारे नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ । मन्त्री पन्तले सामुदायिक गुठी तथा निजी विद्यालयलाई संरक्षण र नियमन गर्ने सरकारको दायित्व भएपनि निजी विद्यालयको घाँटी अँठ्याउनेगरी कानून बनाउन नहुने धारणा राखेका छन् । उनले निजी विद्यालयलाई नियमन गर्न सरकार प्रतिवद्ध रहेको समेत मन्त्री पन्तले बताए ।

उनले भने, ‘मेरो अहिले पनि आग्रह के छ भने पूर्ण छात्रवृत्तिमा आवासको सुविधा कानूनमा भन्दा नियमावलीमा व्यवस्था गर्दा राम्रो हुन्छ । नियमावलीमा राख्दा भोलिको दिनमा व्यवस्थापन गर्दा राम्रो हुन्छ भन्ने आग्रह गर्न चाहन्छु । कानूनमै राख्दा त्यसको कार्यान्वयन र प्रगतिशील हुनुपर्छ । हाम्रो संविधानले तीन खम्बे अर्थ नीति लिएको छ । हाम्रो कानूनले गुठिमार्फत सञ्चालन भइरहेका, निजी र सामुदायिक विद्यालयको परिकल्पना गरेको छ । तीनै प्रकारका विद्यालयबारे सरकारले आफ्नो भूमिका गर्नुपर्छ । छात्रवृत्तिप्रति सरकार प्रतिबद्ध छ । निजी विद्यालय नियमन गर्न सरकार प्रतिवद्ध भएपनि निजी विद्यालयको घाँटी अठ्याउँने काम गर्नुहुदैन । त्यसकारण पूर्ण छात्रवृत्तिको लागि आवासको सुविधा नियमावलीमा समावेश गर्नेगरी जान आग्रह गर्नुपर्छ ।’

गत २२ साउनमा बसेका समितिको बैठकमा पूर्ण छात्रवृत्तिबाट आवास र पोशाक झिक्नुपर्ने प्रश्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रश्ताव पारित हुन सकेको थिएन । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?