Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

साताको पहिलो दिन शेयर बजारमा पहिरो


२६ चैत्र, काठमाडाैँ । पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो

आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ ।

नेप्सेका अनुसार बैंकिङ समूह १५ दशमलव ११, विकास बैंक समूह ६१ दशमलव ५२, वित्त समूह २७ दशमलव ७३, होटल तथा पर्यटन समूह ४३ दशमलव ०४ र जलविद्युत् समूह ५७ दशमलव ९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ४९ दशमलव ८१, लघुवित्त ४४ दशमलव ३५, म्युचुअल फन्ड शून्य दशमलव १०, अन्य समूह १७ दशमलव तीन र व्यापार समूह २७ दशमलव ३३ अङ्कले घटेको छ ।
आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को शेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको रू पाँच करोड ७८ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर शेयर दुई लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?