Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र


२६ चैत्र, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो ।

पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते मन्दिरको शिलान्यास गरेका थिए । विसं २०६४ मा निर्माण गरिएको उक्त मन्दिर पुरानै ढाँचामा बन्ने भएको छ । रू एक करोड ३० लाखमा मन्दिर पुनःनिर्माण हुने स्थानीय सुरेश कसजूले जानकारी दिए । मन्दिर असार मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिए ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?