Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक


२६ चैत्र, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग मन्त्री बन्न पैसा मागेको अडियो सार्वजनिक भएको छ । उनले रास्वपाले स्वास्थ्य मन्त्री बन्न २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको दाबी गरेका छन् ।

‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’ सार्वजनिक अडियोमा भनिएको छ ।

उनले रास्वपामा एक कोर टीम भएको र मन्त्री बन्न उक्त टोलीले पैसा मागेको बताएका छन् । तर, उक्त टीममा रास्वपाका सभापति रवि लामिछाने भने नरहेको पनि उल्लेख गरेका छन् ।

त्यस्तै, उक्त अडियो सार्वजनिक भएसँगै रास्वपाले ढकाललाई निलम्बन गरिसकेको छ । उनीमाथि अनुशासन समितिले थप अनुसन्धान गर्ने पार्टीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?