Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

वैकल्पिक वित्त कोषले आफैँ आयोजनाहरु सञ्चालन गर्नसक्छः अर्थसचिव


काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले बनाउन थालेको वैकल्पिक वित्त व्यवस्थापन सम्बन्धि कोषले आफैँ आयोजनाहरु सञ्चालन गर्नसक्ने बताएका छन्  ।

बिहीवार संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले वैकल्पिक वित्त कोषलाई आफ्नै स्रोतबाट आयोजना सञ्चालन गर्न, प्राजेक्टअनुसार रकम जुटाउनसक्ने सम्मको कानूनी प्रवन्ध गर्न प्रश्ताव गरिएको बताएका छन् । उनकाअनुसार वैकल्पिक कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन समेत गर्न सक्नेछ भने अन्य अन्तर्राष्ट्रिय कोषबाट जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यसको दायरालाई वृहत रुपमा सोचिएको उनको भनाई छ ।

अर्थसचिव उपाध्यायले भने ,’वैकल्पिक वित्त कोषले आफ्नै स्रोतबाट आयोजनाहरु सञ्चालन गर्नसक्छ । कोषले प्रोजेक्टबाट पब्लिक बेस रकम संकलन गरेर आयोजना सञ्चालनको व्यवस्था मिलाउन पनि सक्छ । कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन गर्नपनि सक्छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट पनि, जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यो एउटा फाइनान्शियल विग प्रोजेक्टहरुमा मात्र आफैँ अल्टरनेटिभ फाइनाशियल प्रोससबाट जाने हो । उपयुक्त देखिएका प्रोजेक्टमा सेयर खरिद गरेर स्वःपुँजी परिचालन गर्ने, ऋण दिने काम गर्नेछ ।’

उनकाअनुसार कोषको अहिलेको पुँजी संरचना १ अर्बको छ । यो पुँजीको संरचनामा भविष्यमा सरकारको लगानी घटाउँदै जाने र पुँजीको संरचना बढाउँदै जाने सोच छ । यो कोषले ऋण दिँदा अवलम्वन गर्नुपर्ने विधिहरु गर्नैपर्छ । आफ्नो स्रोतलाई सुरक्षित राख्नका लागि प्रोजेक्टलाई जमानतमा लिनसक्नेछ ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?