Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

वैकल्पिक वित्त कोषले आफैँ आयोजनाहरु सञ्चालन गर्नसक्छः अर्थसचिव


काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले बनाउन थालेको वैकल्पिक वित्त व्यवस्थापन सम्बन्धि कोषले आफैँ आयोजनाहरु सञ्चालन गर्नसक्ने बताएका छन्  ।

बिहीवार संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले वैकल्पिक वित्त कोषलाई आफ्नै स्रोतबाट आयोजना सञ्चालन गर्न, प्राजेक्टअनुसार रकम जुटाउनसक्ने सम्मको कानूनी प्रवन्ध गर्न प्रश्ताव गरिएको बताएका छन् । उनकाअनुसार वैकल्पिक कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन समेत गर्न सक्नेछ भने अन्य अन्तर्राष्ट्रिय कोषबाट जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यसको दायरालाई वृहत रुपमा सोचिएको उनको भनाई छ ।

अर्थसचिव उपाध्यायले भने ,’वैकल्पिक वित्त कोषले आफ्नै स्रोतबाट आयोजनाहरु सञ्चालन गर्नसक्छ । कोषले प्रोजेक्टबाट पब्लिक बेस रकम संकलन गरेर आयोजना सञ्चालनको व्यवस्था मिलाउन पनि सक्छ । कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन गर्नपनि सक्छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट पनि, जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यो एउटा फाइनान्शियल विग प्रोजेक्टहरुमा मात्र आफैँ अल्टरनेटिभ फाइनाशियल प्रोससबाट जाने हो । उपयुक्त देखिएका प्रोजेक्टमा सेयर खरिद गरेर स्वःपुँजी परिचालन गर्ने, ऋण दिने काम गर्नेछ ।’

उनकाअनुसार कोषको अहिलेको पुँजी संरचना १ अर्बको छ । यो पुँजीको संरचनामा भविष्यमा सरकारको लगानी घटाउँदै जाने र पुँजीको संरचना बढाउँदै जाने सोच छ । यो कोषले ऋण दिँदा अवलम्वन गर्नुपर्ने विधिहरु गर्नैपर्छ । आफ्नो स्रोतलाई सुरक्षित राख्नका लागि प्रोजेक्टलाई जमानतमा लिनसक्नेछ ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?