Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः पुर्व अर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।

उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताएका छन् । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरु सबल हुने गरेको बताएका छन् । नेपालमा अनेक बहानामा विदेशीहरुसहित त्यहाँ रहेका नेपालीहरुलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ ।

सांसद महतकाअनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवथापनका लागि करारमा विदेशीहरु आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए । त्यसपछि नेपालीहरुले नै चलाए । त्यसरी नै सरकारी निकायहरुमा विदेशीहरु भित्र्याएर कम्पनीहरुलाई माथि उठाउन सकिने उनको भनाई छ ।

पूर्वअर्थमन्त्री महतले भने,‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरु बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबाँया गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रवन्ध गर्न खोजिरहेका छौँ ।’

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताएका छन् । उनकाअनुसार वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रीन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्वीकार्न उनले प्रश्ताव गरेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?