Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना


२६ चैत्र, धाैलागिरी । धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टकाे हेलिकप्टर दुर्घटनामा परेको छ । पोखराबाट धौलागिरी बेसक्याप गएको हेलिकप्टर टेकअफ गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको उक्त हेलिकप्टरले आइतबार १२ बजे पोखराबाट धाैलागिरी बेसक्याम्पको उडान भरेको थियो ।

धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको उक्त हेलिकप्टर धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोक्किएको जानकारी दिइएको छ ।

हेलिकप्टर पाइलट श्रीया अधिकारीले उडाएको र उनीमात्र सवार गरेको जानकारी दिइएको छ । सामान्य घाइते भएकी उनको उद्धार गरि मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?