Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्पेनमा भीषण डढेलो: हजारौँ विस्थापित


काठमाडौँ। उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ । जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् । शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो पुगेको छ । अर्को डढेलोले जामोरा प्रान्तमा लगभग ८५० जनालाई खाली गर्न बाध्य पारेको छ । कास्टिला वाई लियोनले सप्ताहन्तमा विभिन्न आकारका ३० भन्दा बढी डढेलो रेकर्ड गरेको छ ।

स्पेनले १९७५ मा रेकर्ड शुरु भएदेखि नै सबैभन्दा लामो र सबैभन्दा तिब्र गर्मीको लहर सहिरहेको छ । यस क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ । उत्तरी क्षेत्र नाभारा र दक्षिणपश्चिमी प्रान्त हुएल्भामा पनि आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन् ।

युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ४६ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?