Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल साउन २८ गते बुधबार(13 Aug, 2025) भाद्र कृष्णपक्ष,चतुर्थी, ०८:०२ बजेपछि पञ्चमी

मेष : अधुरो काम पूरा गर्न उपयुक्त समय रहेको छ । प्रेममा पुरानो टकराव हट्ने, तर भावनामा नियन्त्रण हुन सक्छ संयमता आपाउनु होला । परिवारमा मिलेमतो, पैसामा खर्च बढ्ने, भ्रमणमा ढिलाइ, शिक्षामा पुरानो लय फर्किने सम्भावना रहेको छ ।

वृष : नेतृत्व क्षमताको प्रशंसा हुने दिन रहेको छ । प्रेममा सानो प्रयासले खुसी भईनेछ , परिवारमा पाहुनाको आगमनको सम्भावना रहेको  छ । पैसामा मध्यम लाभ, छोटो रमाइलो भ्रमण, शिक्षामा राम्रो प्रगति हुने दिन रहेको छ ।

मिथुन : नयाँ अवसर देखापर्ने तर हतार नगर्नु उचित देखिन्छ । प्रेममा अनपेक्षित प्रस्ताव आउन सक्छ , परिवारमा छलफल, पैसामा स्थिरता, रमाइलो यात्रा, शिक्षामा आत्मविश्वास बढ्ने दिन रहेको छ ।

कर्कट :  सुरुवात उत्साहपूर्ण, दिउँसो बाधा आउनसक्छ। प्रेममा भावनात्मक कुरा महत्वपूर्ण, परिवारमा जमघट, पैसामा सामान्य आवागमन, भ्रमणमा स्वास्थ्यमा ध्यान, प्रतिस्पर्धामा सफलता पाइने दिन रहेको छ ।

सिंह : योजनाले ठूला व्यक्तिको ध्यान तान्ने समय रहेको छ । प्रेममा भ्रम टार्नु उचित देखिन्छ , परिवारमा रमाइलो समाचार, पैसामा लाभ तर खर्च बढ्ने, व्यवसायिक/धार्मिक भ्रमण, शिक्षामा रचनात्मकता बढ्ने समय रहेको छ ।

कन्या :  पुरानो समस्या समाधान हुने दिन रहेको छ । प्रेममा साथीको साथ, परिवारमा नयाँ सुरुवातको छलफल, पैसामा स्थिरता, छोटो दूरीको लाभदायी यात्रा, शिक्षामा ध्यान केन्द्रित हुने समय रहेको छ ।

तुला : नयाँ सहयोगी भेटिने सम्भावना रहेको छ । प्रेममा समझदारी, परिवारमा उमंग, पैसामा लाभकारी अवसर, आकस्मिक यात्रा, शिक्षामा आत्मबल बढ्ने समय रहेको छ ।

वृश्चिक :  काममा चुनौती तर दृढताले समाधान लिने दिन रहेको छ । प्रेममा संवेदनशील विषय टार्नु, परिवारमा विवाद अन्त्य, पैसामा खर्च कटौती, स्वास्थ्य लाभको भ्रमण, मेहनतको प्रतिफल पाइने दिन रहेको छ ।

धनु : नयाँ जिम्मेवारीको सम्भावना रहेको छ । प्रेममा सुखद समय, परिवारमा नयाँ सदस्यको स्वागत, पैसामा लाभ तर करमा ध्यान, रमाइलो तर खर्चिलो यात्रा, शिक्षामा सफलता पाइने दिन रहेको छ ।

मकर : आज  धैर्य र अनुशासन आवश्यक रहेको छ । प्रेममा गलत बुझाइ टार्नु, परिवारमा धार्मिक योजना, पैसामा लाभ तर सावधानी, छोटो दूरीको लाभ, गुरुको मार्गदर्शन बाट अगाडी बढ्ने समय रहेको छ ।

कुम्भ : आज प्रतिस्पर्धामा विजय हुने समय रहेको छ । प्रेममा नयाँ सम्पर्क, परिवारमा खुसी, लगानी लाभदायी, मन बहलाउने यात्रा, आत्मविश्वास बढ्ने समय रहेको छ ।

मीन : आज  मेहनतको फल पाउने दिन रहेको छ । प्रेममा मिठास, परिवारमा हर्षोल्लास, पैसामा सन्तुलन, पारिवारिक वा व्यवसायिक यात्रा, शिक्षामा राम्रो उपलब्धि हुने समय रहेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?