Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल साउन २८ गते बुधबार(13 Aug, 2025) भाद्र कृष्णपक्ष,चतुर्थी, ०८:०२ बजेपछि पञ्चमी

मेष : अधुरो काम पूरा गर्न उपयुक्त समय रहेको छ । प्रेममा पुरानो टकराव हट्ने, तर भावनामा नियन्त्रण हुन सक्छ संयमता आपाउनु होला । परिवारमा मिलेमतो, पैसामा खर्च बढ्ने, भ्रमणमा ढिलाइ, शिक्षामा पुरानो लय फर्किने सम्भावना रहेको छ ।

वृष : नेतृत्व क्षमताको प्रशंसा हुने दिन रहेको छ । प्रेममा सानो प्रयासले खुसी भईनेछ , परिवारमा पाहुनाको आगमनको सम्भावना रहेको  छ । पैसामा मध्यम लाभ, छोटो रमाइलो भ्रमण, शिक्षामा राम्रो प्रगति हुने दिन रहेको छ ।

मिथुन : नयाँ अवसर देखापर्ने तर हतार नगर्नु उचित देखिन्छ । प्रेममा अनपेक्षित प्रस्ताव आउन सक्छ , परिवारमा छलफल, पैसामा स्थिरता, रमाइलो यात्रा, शिक्षामा आत्मविश्वास बढ्ने दिन रहेको छ ।

कर्कट :  सुरुवात उत्साहपूर्ण, दिउँसो बाधा आउनसक्छ। प्रेममा भावनात्मक कुरा महत्वपूर्ण, परिवारमा जमघट, पैसामा सामान्य आवागमन, भ्रमणमा स्वास्थ्यमा ध्यान, प्रतिस्पर्धामा सफलता पाइने दिन रहेको छ ।

सिंह : योजनाले ठूला व्यक्तिको ध्यान तान्ने समय रहेको छ । प्रेममा भ्रम टार्नु उचित देखिन्छ , परिवारमा रमाइलो समाचार, पैसामा लाभ तर खर्च बढ्ने, व्यवसायिक/धार्मिक भ्रमण, शिक्षामा रचनात्मकता बढ्ने समय रहेको छ ।

कन्या :  पुरानो समस्या समाधान हुने दिन रहेको छ । प्रेममा साथीको साथ, परिवारमा नयाँ सुरुवातको छलफल, पैसामा स्थिरता, छोटो दूरीको लाभदायी यात्रा, शिक्षामा ध्यान केन्द्रित हुने समय रहेको छ ।

तुला : नयाँ सहयोगी भेटिने सम्भावना रहेको छ । प्रेममा समझदारी, परिवारमा उमंग, पैसामा लाभकारी अवसर, आकस्मिक यात्रा, शिक्षामा आत्मबल बढ्ने समय रहेको छ ।

वृश्चिक :  काममा चुनौती तर दृढताले समाधान लिने दिन रहेको छ । प्रेममा संवेदनशील विषय टार्नु, परिवारमा विवाद अन्त्य, पैसामा खर्च कटौती, स्वास्थ्य लाभको भ्रमण, मेहनतको प्रतिफल पाइने दिन रहेको छ ।

धनु : नयाँ जिम्मेवारीको सम्भावना रहेको छ । प्रेममा सुखद समय, परिवारमा नयाँ सदस्यको स्वागत, पैसामा लाभ तर करमा ध्यान, रमाइलो तर खर्चिलो यात्रा, शिक्षामा सफलता पाइने दिन रहेको छ ।

मकर : आज  धैर्य र अनुशासन आवश्यक रहेको छ । प्रेममा गलत बुझाइ टार्नु, परिवारमा धार्मिक योजना, पैसामा लाभ तर सावधानी, छोटो दूरीको लाभ, गुरुको मार्गदर्शन बाट अगाडी बढ्ने समय रहेको छ ।

कुम्भ : आज प्रतिस्पर्धामा विजय हुने समय रहेको छ । प्रेममा नयाँ सम्पर्क, परिवारमा खुसी, लगानी लाभदायी, मन बहलाउने यात्रा, आत्मविश्वास बढ्ने समय रहेको छ ।

मीन : आज  मेहनतको फल पाउने दिन रहेको छ । प्रेममा मिठास, परिवारमा हर्षोल्लास, पैसामा सन्तुलन, पारिवारिक वा व्यवसायिक यात्रा, शिक्षामा राम्रो उपलब्धि हुने समय रहेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?