Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना


काठमाडौँ। उपसभामुख इन्दिरा रानाले रुपान्तरण भाषण गरेर मात्रै नआउने बताएकी छिन् ।

ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब हरेक नीति निर्माणको तहमा युवाहरुलाई ल्याउन जरुरी रहेको बताएकी छिन् । उनले अहिले अंग्रेजी युकेजीमा पढ्ने बालकले समेत राम्रोसँग बोल्ने भन्दै अंग्रेजी भाषाबाट धेरै कुरा सिक्ने गरिएको बताउदै प्रविधिको विस्तारसँगै हुने नकारात्मक सूचनाहरु भने अभिभावकहरुले विचार गर्नुपर्ने बताइन् । उनले स्थानीयहरुको मर्म बुझेको, गाउँलाई बुझेको व्यक्तिलाई नै जनताले छान्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘वास्तवमा रुपान्तरण भन्नेकुरा बोलेर, भाषण दिएर हुँदैन । बच्चाहरुलाई एक्शनमा ल्याउनुपर्छ । युवाहरुलाई । उनीहरुलाई स्थान दिनुपर्छ । अंग्रेजी सिक्न टिचर चाहिँदैन । बच्चाहरु हामी भन्दा जान्ने हुन्छन् आफैँ । युकेजी पढ्ने बच्चाले मज्जाले अंग्रेजी बोलिदिन्छ । मैले नजानेको वर्ड उसलाई थाहा हुन्छ । इंग्लिसबाट धेरै इन्फरमेसनहरु बच्चाहरुले पाइरहेको छ । यसलाई कसरी राम्रोसँग म्यानेज गर्ने भन्ने हो । गलत सूचनामा हामीले ध्यान दिनुपर्छ ।’

उपसभामुख रानाले देशको शैक्षिक स्थिति नाजुक रहेको बताउदै हरेक क्षेत्रमा युवालाई समावेश गरेर अघि बढ्न जरुरी रहेको जिकिर गरेकी छिन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?