Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना


काठमाडौँ। उपसभामुख इन्दिरा रानाले रुपान्तरण भाषण गरेर मात्रै नआउने बताएकी छिन् ।

ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब हरेक नीति निर्माणको तहमा युवाहरुलाई ल्याउन जरुरी रहेको बताएकी छिन् । उनले अहिले अंग्रेजी युकेजीमा पढ्ने बालकले समेत राम्रोसँग बोल्ने भन्दै अंग्रेजी भाषाबाट धेरै कुरा सिक्ने गरिएको बताउदै प्रविधिको विस्तारसँगै हुने नकारात्मक सूचनाहरु भने अभिभावकहरुले विचार गर्नुपर्ने बताइन् । उनले स्थानीयहरुको मर्म बुझेको, गाउँलाई बुझेको व्यक्तिलाई नै जनताले छान्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘वास्तवमा रुपान्तरण भन्नेकुरा बोलेर, भाषण दिएर हुँदैन । बच्चाहरुलाई एक्शनमा ल्याउनुपर्छ । युवाहरुलाई । उनीहरुलाई स्थान दिनुपर्छ । अंग्रेजी सिक्न टिचर चाहिँदैन । बच्चाहरु हामी भन्दा जान्ने हुन्छन् आफैँ । युकेजी पढ्ने बच्चाले मज्जाले अंग्रेजी बोलिदिन्छ । मैले नजानेको वर्ड उसलाई थाहा हुन्छ । इंग्लिसबाट धेरै इन्फरमेसनहरु बच्चाहरुले पाइरहेको छ । यसलाई कसरी राम्रोसँग म्यानेज गर्ने भन्ने हो । गलत सूचनामा हामीले ध्यान दिनुपर्छ ।’

उपसभामुख रानाले देशको शैक्षिक स्थिति नाजुक रहेको बताउदै हरेक क्षेत्रमा युवालाई समावेश गरेर अघि बढ्न जरुरी रहेको जिकिर गरेकी छिन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?