Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताएका छन् ।

काठमाडौंमा मंगलवार कानून व्यवसायी परिषद्को ३२ औं परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक भएको बताएका छन् । उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्दै लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको जिकिर गरेका छन् । उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने र विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताएका छन् । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने कानून व्यवसायीहरुको संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता रहेको बताए ।

उनले भने, ‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो । जहाँसुकैका जो कोही होउन्, कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक पनि हुन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढिकरणमा तपाईंहरुको अझै प्रभावकारी भुमिका रहने मैले विश्वास लिएको छु । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन हो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन । विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको छ । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने यो संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानून व्यवसायीको क्षमतालाई प्रतिविम्वित गर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?