Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताएका छन् ।

काठमाडौंमा मंगलवार कानून व्यवसायी परिषद्को ३२ औं परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक भएको बताएका छन् । उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्दै लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको जिकिर गरेका छन् । उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने र विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताएका छन् । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने कानून व्यवसायीहरुको संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता रहेको बताए ।

उनले भने, ‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो । जहाँसुकैका जो कोही होउन्, कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक पनि हुन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढिकरणमा तपाईंहरुको अझै प्रभावकारी भुमिका रहने मैले विश्वास लिएको छु । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन हो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन । विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको छ । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशिल हुने यो संवेदनशील भुमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यवसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आजको आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले परिषद्ले कानून व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानून व्यवसायीको क्षमतालाई प्रतिविम्वित गर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?