Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत


काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् ।

११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । त्यसै गरी मत दिन्न भन्ने पक्षमा ७ मत रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन् ।

सत्ता गठबन्धनका एक सांसद भने अनुपस्थित रहे । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई काँग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । काँग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उपस्थित भएनन् । वागमतीमा काँग्रेसका ३७ प्रदेशसभा सदस्य छन् । त्यस्तै एमाले २७, नेकपा (माओवादी केन्द्र) २१, राप्रपा १३, नेकपा (एकीकृत समाजावादी) ७, नेपाल मजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेश सभा सदस्य रहका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्वीप नै जारी गरेका थिए ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?