Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत


काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् ।

११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । त्यसै गरी मत दिन्न भन्ने पक्षमा ७ मत रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन् ।

सत्ता गठबन्धनका एक सांसद भने अनुपस्थित रहे । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई काँग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । काँग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उपस्थित भएनन् । वागमतीमा काँग्रेसका ३७ प्रदेशसभा सदस्य छन् । त्यस्तै एमाले २७, नेकपा (माओवादी केन्द्र) २१, राप्रपा १३, नेकपा (एकीकृत समाजावादी) ७, नेपाल मजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेश सभा सदस्य रहका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्वीप नै जारी गरेका थिए ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?