Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

केही मानिस काँग्रेस संसदीय दलको नेता फेरेर सरकार ढाल्ने कुरा सुनाउन आएः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न निर्देशन दिएका छन् । विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने दाबी गरेका छन् । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै फेरिने र केही मन्त्रीहरु फेरिने बताए । दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला राजनीतिक दलहरु सरकारमा रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । आफूलाई केही मानिसले काँग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जनाको अभाव रहेको १२ जना पुर्याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भन्ने गरेको भन्दै यस्ता कुराहरुले कान टट्याइसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्कले काम गर्न सक्नुहुन्छ । पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो । अहिले त्यो समस्या छैन । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ । अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन । मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ । अहिलेको सरकार स्थिर छ । सरकार बनावटको हिसावले दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरु मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो । तपाईंहरु ढुक्कले काम गर्नुस् । सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । आज बिहान आएर मात्रै मलाई एक जनाले भन्योः नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुन भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पु¥याएर ढाल्ने भए भनेर सुनाएको थियो । यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो । यो अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छ, कि एमालेले बनाउँछ, एमालेले बनाएर भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–काँगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन । त्यसपछि पनि त्यही हो । तीन वटा मात्रै विकल्प छन् । एमालेलाई पनि लागेको छ, हामी बहुमत ल्याउँछौँ, ल्याउना बल गर्छौंं, काँग्रेसलाई पनि लागेको छ । बहुमत ल्याउन खोज्छ । दुईको नै आएन भने कोही न कोही सँग त मिल्नैपर्छ । अरु केके कोको भेला गरेर सरकार बनाउँछ भन्ने नठान्नुहोला । मलाई लाग्छ काँग्रेसले पनि केके केके भेला गरेर… सारा टालाटुली बटुलेर पुतली बनाउने कुरामा हामी छैनौँ ।’

प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल काँग्रेस—एमालेको सरकार रहने बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?