Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मनाइयो १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवस


चितवन। चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।

१४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलवार सौराहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी थिए । निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन वटा हात्ती वनभोजमा सहभागी थिए ।

वनभोजमा हात्तीलाई मन पर्ने परिकार सख्खर, चना, फर्सी, उखु, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार राखिएको थियो । हरेक वर्ष अगष्ट १२ आजकै दिन हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?