Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रवि लामिछानेलाई जेल स्थानान्तरण नगर्नु दुःखद्ः काँग्रेस सांसद केसी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिएपनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताए । उनले रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको विषय संसदमा उठाउँदै कारागारभित्र न्युनतम आधारभुत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ । त्यसकारण सरकारले सम्पूर्ण देशहरुको वस्तुस्थिति हेरेर तिनिहरुको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु ।’

उनले देशभरका कारागारहरुको अवस्था सुरधा गर्न माग समेत गरेरेका छन्।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?