Trending
>>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यकः सभापति थापा


काठमाडौँ। कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताएकी छिन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएकी छिन् । नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य रहेको बताउदै व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य छ । हाल ग्रामिण क्षेत्रमध्ये पाँच प्रतिशत भन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशत भन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरुमा थप प्राथमिकता दिनुपर्नेछ । व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्नुपर्छ । कृषि पाठ्यक्रममा जलवायु सहनशिलता र उद्यमशिलता सम्बन्धी विषय समावेश, सफल नवप्रवर्तनको विस्तार जस्तैः सय भन्दा बढी सामुदायिक बीउ बैंकहरु । जसले स्वदेशी जाति संरक्षण गरेका छन् । सौर्य सिंचाई प्रणाली छ, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको छ । यस्त नविनतम कार्यको लागि थप सहयोग गर्नुपर्ने देखिन्छ । नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक तीन आधारस्तम्भहरु राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन् । यसलाई आधार बनाएर हामीले प्राथमिकताको आधारमा हाम्रो पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्दछ ।’

सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानून निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताइन्। कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको बताएकी छिन् । अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको बताइन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?