Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यकः सभापति थापा


काठमाडौँ। कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताएकी छिन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएकी छिन् । नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य रहेको बताउदै व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य छ । हाल ग्रामिण क्षेत्रमध्ये पाँच प्रतिशत भन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशत भन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरुमा थप प्राथमिकता दिनुपर्नेछ । व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्नुपर्छ । कृषि पाठ्यक्रममा जलवायु सहनशिलता र उद्यमशिलता सम्बन्धी विषय समावेश, सफल नवप्रवर्तनको विस्तार जस्तैः सय भन्दा बढी सामुदायिक बीउ बैंकहरु । जसले स्वदेशी जाति संरक्षण गरेका छन् । सौर्य सिंचाई प्रणाली छ, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको छ । यस्त नविनतम कार्यको लागि थप सहयोग गर्नुपर्ने देखिन्छ । नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक तीन आधारस्तम्भहरु राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन् । यसलाई आधार बनाएर हामीले प्राथमिकताको आधारमा हाम्रो पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्दछ ।’

सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानून निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताइन्। कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको बताएकी छिन् । अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको बताइन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?