Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पाकिस्तानमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ।पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमवार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो । त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । फसेको आशंकामा रहेका अन्यको खोजी कार्य जारी रहने प्रहरीले बताएको छ । साथै सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले यस दुर्घटनामा गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?