Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वासिङ्टन डी.सी.मा राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको घोषणा


अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा वासिङ्टन, डी.सी.मा कानून व्यवस्था र सार्वजनिक सुरक्षा पुनस्र्थापित गर्न सहयोग गर्न राष्ट्रिय गार्ड तैनाथ गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा राख्न गृह नियम ऐन औपचारिक रूपमा लागू गरेको पनि बताए। सार्वजनिक सुरक्षाको कानून व्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्न राष्ट्रिय गार्ड तैनाथ गर्न लागेको बताए । ट्रम्पले प्रशासनले गत हप्ता जिल्लामा ५०० संघीय एजेन्टहरू खटाएको बताए । जसमा संघीय अनुसन्धान ब्यूरो, मदिरा, तंबाकू, हतियार र विस्फोटक पदार्थ ब्यूरो, लागूपदार्थ प्रवर्तन प्रशासन, पार्क प्रहरी, अमेरिकी मार्शल सेवा, गोप्य सेवा र गृह सुरक्षा विभागका कर्मचारीहरू समावेश छन् ।

ट्रम्प ह्वाइट हाउसमा फर्किएदेखि बारम्बार वाशिंगटन, डीसीमा हिंसात्मक अपराध र घरबारविहीनताको आलोचना गरेका छन् । स्थानीय सरकारलाई कमजोर व्यवस्थापनको लागि दोष लगाउँदै र जिल्लाको संघीय अधिग्रहणको चेतावनी दिएका छन्।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?