Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अब राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आयोः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् ।

अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ युवा सम्मान कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अब व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् । राष्ट्रिय आत्मविश्वासले मात्रै देश निर्माण गर्नसक्ने उनको भनाइ छ । सबै आफ्नो आफ्नो क्षेत्रमा विज्ञ रहने भन्दै आफ्नो क्षमताको पहिचान गरी आफ्नो क्षेत्रमा अब्बल बन्ने गरी काम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब समय आएको छ । हामीले आत्मविश्वासका साथ यो व्यक्तिगत आत्मविश्वास र व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास यो निर्माण गर्नुपर्नेछ । राष्ट्रिय आत्मविश्वासले हामी देश विकास गर्नसक्छौँ । आ—आफ्ना क्षेत्रमा । कोही पनि मानिस हरेक क्षेत्रका लागि विज्ञ हुन सक्दैन । आफ्नो आफ्नो क्षेत्र हुन्छ । राम्रो खेलाडीलाई खेल्न दियो भने सम्मानित गर्न पाइन्छ । राम्रो शिक्षकहरुलाई पढाउन दियो भने सम्मान गर्न पाइन्छ । शिक्षकलाई खेलमा र खेलाडीलाई शिक्षकमा लगेर हाल्दा सम्मान गर्ने होइन, सम्भावना नै समाप्त हुन्छ । आफ्नो क्षमता हामीले चिन्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तिब्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?