Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एन्फा यु–१६ युथ लिगमा दुवै नतिजा बराबरी


काठमाडौँ। चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता जोगाउन नसक्दा एन्फा यु–१६ युथ लिगमा सोमवार न्युरोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो । एनआरटीका निरञ्जन दुलालले गोल फर्काएका हुन् । अर्को गोल आत्मघाती भएको हो । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले अंक बाँड्नुपरेको हो । बराबरीको नतिजासँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिन अवसर गुमाउन पुग्यो । १३ खेलबाट चर्च ब्वाइज २४ अंकसहित चौथो स्थानमा छ । जुन शीर्ष स्थानको नेपाल पुलिस क्लबभन्दा १० अंक, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लवभन्दा चार अंक र तेस्रो स्थानको मच्छिन्द्र क्लवले तीन अंकले पछि हो ।

यता चर्च ब्वाइजसँग अंक बाँडेको एनआरटी १३ खेलबाट १३ अंक जोड्दै ११ औं स्थानमा यथावत नै छ । एनआरटीले जारी लिगमा तीन जित, चार बराबरीको नतिजा सामना गर्दा ६ खेलमा भने हार व्यहोरेको छ । चर्च ब्वाइजले भने सात जित, तीन बराबरी र तीन हारको नतिजा सामना गरेको छ । खेलको १६औं मिनेटमा नै आत्मघाती गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । पेनाल्टीबक्सबाट सुशान थापा मगरले दिएको बललाई क्लियर गर्ने प्रयासमा अनमोल सुवेदी आफ्नै पोस्टमा गोल गर्न पुगे । त्यसपछि एनआरटीले खेलमा फर्कने प्रयास ग¥यो । जुन २७ औं मिनेटमा मात्र सफल भयो ।

निरञ्जनले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । चर्च ब्वाइजका डिफेन्डरको गल्तीमा फाइदा उठाउँदै एनआरटीले गोल गरेको हो । मध्यभागबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डर दोर्जे तामाङ र संयोग लामाबीच तालमेल नहुँदा क्लियर हुन सकेन । सोही बल नियन्त्रणमा लिँदै निरञ्जनले यी दुईको बीचबाट गोल गरेका हुन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा पनि दुवै तर्फबाट गोलका लागि प्रयास भयो । तर गोल निस्किएन र खेल १–१ को बराबरीमा नै सकियो । यससँगै सोमवारका दुवै खेलको नतिजा बराबरीमा नै टुङ्गिन पुग्यो ।

यसअघि दिनको पहिलो खेलमा मच्छिन्द्र र फ्रेन्ड्सले गोल रहित बराबरीको नतिजा सामना गरेका थिए । यो बराबरीसँगै मच्छिन्द्रले दोस्रो स्थानमा उक्लिने र शीर्ष स्थानको पुलिससँग अंकदूरी घटाउने अवसर पनि गुमाउन पुग्यो । पाँचौं स्थानको फ्रेन्ड्सले पनि दोस्रो बराबरीकै नतिजा सामना गरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । समान १३ खेलबाट मच्छिन्द्रको २८ अंक छ भने फ्रेन्ड्स २६ अंकसहित पाँचौं स्थानमा छ । मच्छिन्द्रको यो तेस्रो बराबरी हो । त्यसबाहेक मच्छिन्द्रले आठ जित र दुई हारको नतिजा सामना गरेको छ । फ्रेन्ड्सले पनि आठ जित, दुई बराबरी र तीन हार सामना गरेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?