Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एन्फा यु–१६ युथ लिगमा दुवै नतिजा बराबरी


काठमाडौँ। चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता जोगाउन नसक्दा एन्फा यु–१६ युथ लिगमा सोमवार न्युरोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा रोकिएको हो । एनआरटीका निरञ्जन दुलालले गोल फर्काएका हुन् । अर्को गोल आत्मघाती भएको हो । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले अंक बाँड्नुपरेको हो । बराबरीको नतिजासँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिन अवसर गुमाउन पुग्यो । १३ खेलबाट चर्च ब्वाइज २४ अंकसहित चौथो स्थानमा छ । जुन शीर्ष स्थानको नेपाल पुलिस क्लबभन्दा १० अंक, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लवभन्दा चार अंक र तेस्रो स्थानको मच्छिन्द्र क्लवले तीन अंकले पछि हो ।

यता चर्च ब्वाइजसँग अंक बाँडेको एनआरटी १३ खेलबाट १३ अंक जोड्दै ११ औं स्थानमा यथावत नै छ । एनआरटीले जारी लिगमा तीन जित, चार बराबरीको नतिजा सामना गर्दा ६ खेलमा भने हार व्यहोरेको छ । चर्च ब्वाइजले भने सात जित, तीन बराबरी र तीन हारको नतिजा सामना गरेको छ । खेलको १६औं मिनेटमा नै आत्मघाती गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । पेनाल्टीबक्सबाट सुशान थापा मगरले दिएको बललाई क्लियर गर्ने प्रयासमा अनमोल सुवेदी आफ्नै पोस्टमा गोल गर्न पुगे । त्यसपछि एनआरटीले खेलमा फर्कने प्रयास ग¥यो । जुन २७ औं मिनेटमा मात्र सफल भयो ।

निरञ्जनले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । चर्च ब्वाइजका डिफेन्डरको गल्तीमा फाइदा उठाउँदै एनआरटीले गोल गरेको हो । मध्यभागबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डर दोर्जे तामाङ र संयोग लामाबीच तालमेल नहुँदा क्लियर हुन सकेन । सोही बल नियन्त्रणमा लिँदै निरञ्जनले यी दुईको बीचबाट गोल गरेका हुन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा पनि दुवै तर्फबाट गोलका लागि प्रयास भयो । तर गोल निस्किएन र खेल १–१ को बराबरीमा नै सकियो । यससँगै सोमवारका दुवै खेलको नतिजा बराबरीमा नै टुङ्गिन पुग्यो ।

यसअघि दिनको पहिलो खेलमा मच्छिन्द्र र फ्रेन्ड्सले गोल रहित बराबरीको नतिजा सामना गरेका थिए । यो बराबरीसँगै मच्छिन्द्रले दोस्रो स्थानमा उक्लिने र शीर्ष स्थानको पुलिससँग अंकदूरी घटाउने अवसर पनि गुमाउन पुग्यो । पाँचौं स्थानको फ्रेन्ड्सले पनि दोस्रो बराबरीकै नतिजा सामना गरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । समान १३ खेलबाट मच्छिन्द्रको २८ अंक छ भने फ्रेन्ड्स २६ अंकसहित पाँचौं स्थानमा छ । मच्छिन्द्रको यो तेस्रो बराबरी हो । त्यसबाहेक मच्छिन्द्रले आठ जित र दुई हारको नतिजा सामना गरेको छ । फ्रेन्ड्सले पनि आठ जित, दुई बराबरी र तीन हार सामना गरेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?