Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने


काठमाडौँ। ग्लोवल रिचले काठमाडांैमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ ।

अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो । संस्थाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एजुकेशन फेयरको बारेमा जानकारी गरायो । मेलामा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा, सुविद्या, छात्रवृत्ति लगायतका बारेमा जानकारी गराउनेछन् । विद्यार्थीले अष्ट्रेलियामा पुगेर कुनै झमेलामा नपरोस् भन्ने उद्देश्यले मेला गर्न लागेको ग्लोवल रिचका प्रतिनिधि प्रिया देवानले बताइन् ।

देवानले भनिन्, ‘ग्लोवल रिचले चाहीँ आउने हप्तामा अष्ट्रेलियन एजुकेशन फेयर गर्दैछ । जुन साउन ३० गते होटल याक एण्ड यतिमा हुन लागेको छ । त्यसैगरी अरु शाखाहरुमा जस्तो चितवन, पोखरा, बुटवल, बिर्तामोड र ललितपुर शाखामा पनि यो फेयर हुन गईरहेको छ । यो फेयरको माध्यमले चाहीँ हामीले अष्ट्रेलियन एजुशेसनका विश्वविद्यालयका प्रतिनिधिहरु प्रत्यक्ष आएर विद्याथीहरुसँग उनीहरुको विषयलाई लिएर, उनीहरुले दिन लागेको सुविधालाई लिएर, विशेष गरी छात्रवृत्तिको लिएर चाहीँ विद्यार्थीहरुले प्रत्यक्ष विश्वविद्यालयका प्रतिनिधीसँग कुरा गर्ने अवसर पाउनेछन् ।’

ग्लोवल रिचले काठमाडौसँगै चितवन, पोखरा, बुटवल, विर्तामोड र ललितपुरका शाखाहरुमा पनि फेयर आयोजना गर्ने जनाएको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?