Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने


काठमाडौँ। ग्लोवल रिचले काठमाडांैमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ ।

अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो । संस्थाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एजुकेशन फेयरको बारेमा जानकारी गरायो । मेलामा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा, सुविद्या, छात्रवृत्ति लगायतका बारेमा जानकारी गराउनेछन् । विद्यार्थीले अष्ट्रेलियामा पुगेर कुनै झमेलामा नपरोस् भन्ने उद्देश्यले मेला गर्न लागेको ग्लोवल रिचका प्रतिनिधि प्रिया देवानले बताइन् ।

देवानले भनिन्, ‘ग्लोवल रिचले चाहीँ आउने हप्तामा अष्ट्रेलियन एजुकेशन फेयर गर्दैछ । जुन साउन ३० गते होटल याक एण्ड यतिमा हुन लागेको छ । त्यसैगरी अरु शाखाहरुमा जस्तो चितवन, पोखरा, बुटवल, बिर्तामोड र ललितपुर शाखामा पनि यो फेयर हुन गईरहेको छ । यो फेयरको माध्यमले चाहीँ हामीले अष्ट्रेलियन एजुशेसनका विश्वविद्यालयका प्रतिनिधिहरु प्रत्यक्ष आएर विद्याथीहरुसँग उनीहरुको विषयलाई लिएर, उनीहरुले दिन लागेको सुविधालाई लिएर, विशेष गरी छात्रवृत्तिको लिएर चाहीँ विद्यार्थीहरुले प्रत्यक्ष विश्वविद्यालयका प्रतिनिधीसँग कुरा गर्ने अवसर पाउनेछन् ।’

ग्लोवल रिचले काठमाडौसँगै चितवन, पोखरा, बुटवल, विर्तामोड र ललितपुरका शाखाहरुमा पनि फेयर आयोजना गर्ने जनाएको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?