Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका चाैधरी साधारण सदस्य नरहने गरी निष्काशित


२६ चैत्र, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।

सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ–१ बाट उम्मेदवार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएको बताइएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?